Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अनेरास्ववियूद्वारा जनक शिक्षा सामाग्री घेराउ

    अनेरास्ववियूद्वारा जनक शिक्षा सामाग्री घेराउ

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 498
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र घेराउ गरेको छ ।

    जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजी कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।



    उनीहरूले केन्द्रमा भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरेका छन् । त्यस्तै विद्यार्थीहरूलाई पाठ्यपुस्तक समयमा नै उपलब्ध गराउनुपर्ने भन्दै नाराबाजी पनि गरेका थिए ।



    अनेरास्ववियुले ४५ मिनेट धर्ना दिएर कोणसभा गर्दै कार्यक्रममा गरेको थियो । केन्द्रका प्रबन्ध निर्देशकले कमिसनको लोभमा पाठ्यपुस्तक छपाउने जिम्मा निजी क्षेत्रलाई दिएको उनको आरोप छ ।

    भ्रष्टाचारमा मुछिएकाहरूलाई सरकारले कारबाही नगरे आफूहरू सशक्त आन्दोलनमा जाने अनेरास्ववियुको चेतावनी समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार