Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आजबाट पाठ्यपुस्तक बिक्री सुरू

    आजबाट पाठ्यपुस्तक बिक्री सुरू

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 462
    SHARES

    काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख २ गतेबाट सुरू हुने नयाँ शैक्षिक सत्रका लागि आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री सुरू गर्ने भएको छ ।

    सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ स्थानबाट बिक्री सुरू गर्न लागेको केन्द्रले सबै प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम र अन्तिममा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने बताएको छ ।



    केन्द्रले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै दुर्गममा पहिलो, पहाडीमा दोस्रो र सुगम र तराईका जिल्लामा अन्तिम चरणमा पाठ्यपुस्तक ढुवानी र बिक्री गर्न निर्देशन दिएको छ ।



    केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले दिनुभएको जानकारीअनुसार आठबटै प्रदेश कार्यालयले १ हजार २ सय ६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गर्ने र वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसक्ने छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार