Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कांग्रेस सांसद पौडेलले भने – मिटरब्याज पीडितसंग सरकार छलकपट गरिरहेको छ

    कांग्रेस सांसद पौडेलले भने – मिटरब्याज पीडितसंग सरकार छलकपट गरिरहेको छ

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 492
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।

    प्रतिनिधिसभामा समय लिएर बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।



    पौडेलले भने,‘कुनै जाली छट्टुले तानाबाना गरेको छलकपटक गरेको चक्रजस्तोमा नागरिक कतिन्जेल परिरहने ?’



    सांसद पौडेलले राज्यले सम्झौता गर्ने तर न्याय माग्न पटक पटक काठमाडौं आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको बताए ।

    सिरहा र महोत्तरीका मिटरब्याज पीडितहरु ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका छन् ।

    रौतहटबाट अर्को समूह पनि काठमाडौं आउने तयारीमा रहेको आफूले जानकारी पाएको सांसद पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार