Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपाली सेना र अमेरिकी सेनाबीच दुई पक्षीय बैठक सकियो

    नेपाली सेना र अमेरिकी सेनाबीच दुई पक्षीय बैठक सकियो

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 474
    SHARES

    काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच तीन दिने बैठक ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ सकिएको छ ।

    सोमवारदेखि आज बुधवारसम्म काठमाडौंमा भएको बैठकमा शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदानलगायतका विषयमा छलफल भएको हो ।



    बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवहरूका साथै नेपाली सेनाका रथी एवम् अधिकृतहरू सम्मिलित १४ सदस्यीय टोली र अमेरिकी सेनाको प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको नेतृत्वमा २२ सदस्यीय टोली सहभागी भएका थिए ।



    कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गरेका थिए । बैठकले नेपाल–अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको उपरथी सिग्देलले बताए ।

    अर्को संस्करण २०२४ मार्चमा अमेरिकामा आयोजना हुने तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार