Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरीको भ्यानले ठक्कर दिँदा दुईजना गम्भीर घाइते, हेटौंडाको अवस्था तनावपूर्ण

    प्रहरीको भ्यानले ठक्कर दिँदा दुईजना गम्भीर घाइते, हेटौंडाको अवस्था तनावपूर्ण

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 507
    SHARES

    हेटौंडा । हेटौंडामा प्रहरीको भ्यानले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

    बागमती प्रदेशको राजधानी हेटौंडास्थित बुद्धचोकमा मा बुधबार साँझ प्रहरीको भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका हुन् ।



    प्रहरीकै भ्यानले ठक्कर दिएपछि हेटौंडाको अवस्था तनावपूर्ण बनेको छ । उनीहरुको परिचय खुलेको छैन् । हेटौंडाबाट नारायणगढतर्फ गैरहेको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको प्रहरीको भ्यानले ठक्कर दिएको बताइएको छ ।



    घाइते एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल र अर्कालाई हेटौंडाकै मोडर्न अस्पताल लगिएको छ । प्रहरीले नै सर्वसाधारणमाथि खेलवाड गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । अहिले हेटौँडामा प्रहरीको बाक्लो उपस्थिती छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार