Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    सुर्खेत । मोटरसाइकलको ठक्करबाट वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोकनजिक मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ कि ५० बर्षीय टिका सुनार रहेकी छन् । वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलले उनलाई ठक्कर दिएको थियो ।



    गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको छ भने चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार