Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कारको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु, एक गम्भीर घाइते

    कारको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु, एक गम्भीर घाइते

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 876
    SHARES

    फाइल तस्विर

    बाँके । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

    अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो ।



    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।



    मृतकको सनाखत हुन बाँकी छ । घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार