Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 573
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकले ठक्कर दिएको हो ।



    पूर्व–पश्चिम सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रकले गए राति करिब १ बजे हाल नामथर, वतन नखुलेका ५५र६० वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।



    ठक्करबाट ती व्यक्ति गम्भीर घाइते भएका थिए । उपचारका निम्ति उनलाई भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो ।

    राति नै १ः५० बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको हो । उक्त ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार