Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ट्रेलरको ठक्करबाट पाँचथरमा पैदलयात्रीको मृत्यु

    ट्रेलरको ठक्करबाट पाँचथरमा पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 669
    SHARES

    फाइल तस्विर

    पाँचथर । फिदिम(इलाम सडकखण्डमा ट्रेलरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

    ट्रेलरको ठक्करबाट पहिचान नखुलेको यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख. ४८०७ नं.को खाली ट्रेलरले फिदिम नगरपालिका-३ लालीखर्कमा ठक्कर दिँदा दुर्घटना भएको हो ।



    शव पाँचथर अस्पतालको शव गृहमा राखिएको छ भने ट्रेलरका चालक र सहचालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार