Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनसरीमा सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    सुनसरीमा सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 657
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२ हलगढामा सफारीले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

    आज दिउँसो तरहराबाट इटहरीतर्फ आउँदै गरेको को १ ह ५६०५ नम्बरको सफारीले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६८ वर्षीया पुण्यमाया काफ्लेको मृत्यु भएको हो ।



    सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ ।



    दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार