Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

    सोल्टीमोडमा शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।



    उनको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।



    पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार