Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु

    मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 759
    SHARES

    फाइल तस्विर

    दाङ । मोटरसाइकलको ठक्करबाट दाङमा ७१ वर्षीय वृद्धको मृत्यु भएको छ ।

    तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वार निवासी मोतिलाल ओलीको मोटरसाइकलले ठक्करबाट मृत्यु भएको हो ।



    तुलसीपुर–५ रानी जरुवाका सुवास परियारले चलाएको मोटरसाइकलले अश्वारमै ठक्कर दिँदा घाइते भएका उनको कोहलपुरमा उपचार गर्न लैजाने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    उक्त मोटरसाइकल कविराम चौधरीको रहेको र परियारलाई चलाउन दिएका थिए । दुर्घटनापछि मोटरसाइकल धनी र चालक दुवै जना फरार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार