Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • खेलकुदमन्त्री भण्डारीले भने – हामीलाई जोक्कर नबनाइयोस्, संघीयता कार्यान्वयन होस्

    खेलकुदमन्त्री भण्डारीले भने – हामीलाई जोक्कर नबनाइयोस्, संघीयता कार्यान्वयन होस्

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 708
    SHARES

    काठमाडौं। कोसी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राज भण्डारीले खेलकुदमा संघीयता कायम गर्न आग्रह गरेका छन् ।

    राखेपले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवादलाई सम्बोधन गर्दै भण्डारीले मञ्चमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका हुन्।



    उनले भने,‘आज अप्रिल फस्ट, सम्माननीय प्रधानमन्त्रीसँगै छौं अप्रिल फूल जस्तै नहोस्, संघीयता कार्यान्वयन होस्, आज अप्रिल फष्ट हामीलाई जोक्कर बनाउने काम नगरोस्।’



    खेलकुद मन्त्री भण्डारीले प्रधानमन्त्रीसमक्ष प्रदेशमा कर्मचारी नभएको गुनासो गरे। उनले खेलकुदका लागि बनेका पूर्वाधार पनि हस्तान्तरण नभएको बताए।

    उनले सहमति र सहकार्यमा पूर्वाधार अगाडि बढाउनुपर्ने धारणा राखे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार