Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोसी प्रदेश : ऐन विपरीत लिएका गाडी फिर्ता गराउन कांग्रेसको माग

    कोसी प्रदेश : ऐन विपरीत लिएका गाडी फिर्ता गराउन कांग्रेसको माग

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 939
    SHARES

    विराटनगर । कोसी प्रदेश नेपाली कांग्रेसले केहि सांसदहरूले ऐनमा नभएको सुविधाहरू भोग गरिरहेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

    कोसी प्रदेशसभाको शुक्रबार बसेको प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले ऐन विपरीतका सुविधाहरू रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।



    जनप्रतिनिधि नै सच्चिएर अघि बढ्नुपर्ने भन्दै गलत तरिकाले लिएको सुविधाको  सरकारी गाडी फिर्ता गर्नुपर्ने राईले माग गरे ।



    नेता राई प्रदेशसभाको पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को अनुसूची १ विपरीत केही दलका सांसदले गाडी सुविधा लिएको भन्दै त्यसलाई रोक्न सदनध्यानाकर्षण गराए ।

    नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता र एमालेका उपनेताले कानुन विपरीत सरकारी गाडी प्रयोग गरिरहेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार