Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चित्रबहादुर केसी भन्छन् – दलको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदय भयो

    चित्रबहादुर केसी भन्छन् – दलको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदय भयो

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् ।

    पूर्वउपप्रधानमन्त्री तथा संघीय सांसद समेत रहेका नेता केसीले राजनीतिमा सत्ता र शक्तिबाहेक अरू केही चिन्ता नगर्नेहरूबाट विकासको आस गर्नु गलत भएको बताए ।



    बागलुङको जैमिनी नगरपालिकाले आज आयोजना गरेको विज्ञ सम्मेलनको उद्घाटनमा नेता केसीले नयाँ शक्ति उदय हुनुको कारण दलप्रतिको वितृष्णा भएको बताए ।



    “अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ । सरकारले विषादीयुक्त तरकारी आयातमा रोक लगाउनुपर्छ । अहिले सरकारले त्यो गर्न सकेको छैन,” नेता केसीले भने, “मान्छेले घर छाडेपछि बाँदर भित्रियो । अहिले बसाइँसराइले गाउँ खाली भएको छ । स्रोत र साधन परिचालनमा विज्ञ सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

    विज्ञहरूको सुझावका आधारमा कृषि, उद्योग र पर्यटनमा जोड दिन सके समृद्ध जैमिनी बन्नेमा शंका नरहेको बताउँदै नेता केसीले स्थानीय उत्पादन बजारीकरणको जिम्मा लिन आवश्यक रहेको बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार