Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चितवन-२ मा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता

    चितवन-२ मा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 498
    SHARES

    चितवन । उपनिर्वाचनका लागि चितवन-२ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवार दर्ता गराएका छन् ।

    न्यौपानेले पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।



    न्यौपाने गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन-३ बाट एमाले उम्मेदवार बने पनि पार्टीले उनको उम्मेदवारी फिर्ता गराएको थियो ।



    चितवन-३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो ।

    चितवन-२ मा यसअघि रास्वपा सभापति लामिछाने र कांग्रेसबाट पूर्वसभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार