Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गोकुल बाँस्कोटाले भने – घन्टीमा भोट हाल्नेहरू अब शंख बजाएर सूर्यको आरती गर्छन्

    गोकुल बाँस्कोटाले भने – घन्टीमा भोट हाल्नेहरू अब शंख बजाएर सूर्यको आरती गर्छन्

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 507
    SHARES

    चितवन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले तीनै क्षेत्रको उपनिर्वाचनमा एमालेले विजयी हुने दाबी गरेका छन्।

    सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि नेता बाँस्कोटाले यस्तो दाबी गरेका हुन् ।



    बाँस्कोटाले अघिल्लो पटक एमालेलाई भोट नहालेका चितवनका मतदाताले पनि यसपाली एमालेलाई भोट हाल्ने दाबी गरे ।



    बाँस्कोटाले भने, ‘उम्मेदवारी दर्ता भयो। हामी जनताको मन, मस्तिष्क र मुटुमा बस्छौं। हार्ट क्यास, ब्रेन वास गर्ने हो । जनता कसैको मुठी भित्रको बन्धक होइन एकचोटी झुक्किन्छन् धेरै झुक्किदैनन्।’

    बाँस्कोटाले पहिले घन्टीमा भोट हाल्नेहरूले अब शंख बजाएर सूर्यको आरती गर्ने बताए। बाँस्कोटाले एमालेसँग विकासको भिजन र मिसन रहेकाले कसैले चुनौती दिन नसक्ने दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार