Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

    गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 552
    SHARES

    काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको छ ।

    गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेट भएको हो ।



    भेटमा उपप्रधानमन्त्री श्रेष्ठले संक्रमणकालीन न्याय निरुपण सम्बन्धि विस्तृत शान्तिसम्झौताको मर्मअनुसार शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्न सरकार तत्पर रहेको बताए ।



    संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धि विधेयक संसदमा पेश भैसकेको समेत उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

    राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफु र आफ्ना कुटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने विश्वास व्यक्त गरे ।

    भेटमा राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिन तयार रहेको बताएका थिए । राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा पनि राजदूत थम्पसनले चासो लिएका थिए ।

    साथै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताए । भेटमा नेपाल-अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा समेत छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार