Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थमन्त्री डा. महत र एडीबी कन्ट्री डाइरेक्टरबीच भेटवार्ता

    अर्थमन्त्री डा. महत र एडीबी कन्ट्री डाइरेक्टरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 522
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसबीच भेटवार्ता भएको छ ।

    बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपालको वर्तमान अर्थतन्त्र र सहकार्यको प्रस्तावबारे छलफल भएको छ ।



    छलफलका क्रममा काउचियोसले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।



    महतले विकास निर्माण कार्यमा ढिलासुस्ती भएर ठेक्का प्रक्रियाका कामहरू अगाडि बढ्न नसकेकोमा दातृ निकाय चिन्तित रहेको बताए ।

    अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थालेका उनले हिजो विश्व बैंकको प्रतिनिधिमण्डलसँग पनि भेट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार