Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपनिर्वाचनमा कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

    उपनिर्वाचनमा कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 537
    SHARES

    काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले खर्चको अधिकतम हद (सीमा) तोकेको छ ।

    आयोगको आज बसेको बैठकका अनुसार चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ का उमेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । तनहुँ क्षेत्र नम्बर १ का लागि ३१ लाख रुपैयाँ निर्धारण गरेको छ ।



    आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न आग्रह गरेको छ ।



    निर्वाचन खर्चको विवरण उमेदवार वा उमेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार