Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • न्यायाधीश भुवन गिरीविरूद्ध बलात्कार मुद्दामा पक्राउ पुर्जी

    न्यायाधीश भुवन गिरीविरूद्ध बलात्कार मुद्दामा पक्राउ पुर्जी

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 696
    SHARES

    काठमाडौं । कपिलवस्तु जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    कान्छी श्रीमतीले दिएको वैवाहिक जबरजस्ती करणी मुद्धामा जिल्ला अदालतले न्यायाधीश गिरीलाई पक्राउका लागि अनुमति दिएको हो ।



    न्यायाधीश गिरीविरुद्ध उनकी कान्छी श्रीमती आरती रावलले जबरजस्ती करणीको मुद्धा दिएकी थिइन् ।



    जबरजस्ती करणी मुद्धामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियो।

    सोहीअनुसार गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको अदालतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार