Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, हिँड्न थाले

    चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, हिँड्न थाले

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ ।

    गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा. भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो ।



    गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनी निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिए ।



    भारतको मुम्बईस्थित बर्न्स अस्पतालमा उपचाररत भण्डारीलाई चिकित्सक र सहयोगीले साथ दिएर हिँडाउन थालेका छन् । बिहीबार उनी अस्पताल परिसरमा केही पाइला हिँडेको भिडिओमा देख्न सकिन्छ । डा. भण्डारीलाई दैनिक तीन/चार पटक हिँडाउने गरिएको छ ।

    गएको फागुन पहिलो साता काठमाडौंस्थित निवासमा ग्यास लिक भइ आगलागी हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए। आमाको भोलिपल्ट कीर्तिपुर अस्पतालमा निधन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार