Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारको न्युनतम साझा कार्यक्रममा मैले हस्ताक्षर गरेको छैन् : चित्रबहादुर केसी

    सरकारको न्युनतम साझा कार्यक्रममा मैले हस्ताक्षर गरेको छैन् : चित्रबहादुर केसी

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 396
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्युनतम साझा कार्यक्रममा आफुले हस्ताक्षर नगरेको बताएका छन् ।

    शुक्रबार विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष केसीले दस दलको तर्फबाट सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरिएको बताएका हुन् ।



    केसीले न्यूनतम साझा कार्यक्रममा आफ्नो बिमती भएपनि प्रधानमन्त्री कार्यालयले हस्ताक्षर राखेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।



    केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय र नागरिकता लगायतका विषयमा जनमोर्चाको गम्भीर मतदभेद रहेको बताए।

    उक्त दस्तावेजमा नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दस दलका प्रमुख नेताहरूको हस्ताक्षर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार