Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बालेनलाई शंकर पोखरेलको जवाफ – जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नू

    बालेनलाई शंकर पोखरेलको जवाफ – जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नू

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 540
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिम्मेवार र जवाफदेही बन्न भनेका छन् ।

    शनिबार बिहान सामाजिक सञ्जालमार्फत मेयर बालेनले साँच्चिकै देश सफा गर्नु परे नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने अभिव्यक्ति दिएपछि पोखरेलले यस्तो भनेका हुन् ।



    मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्ने उनले बताए ।



    ‘मेयर वालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्,’जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही वन्नै पर्दछ ।’

    यसअघि शनिबार बिहान काठमाडौं महानगरका मेयर शाहले अब सिंहदरबारभित्रको फोहोर नउठ्ने र देश सफा गर्न त्यहाँका नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नुपर्ने लेखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार