Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्न आज चुनाव, आजै नतिजा घोषणा गरिने

    उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्न आज चुनाव, आजै नतिजा घोषणा गरिने

    वरिष्ठ उपाध्यक्षमा तीनजना भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 783
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज काठमाडौँमा चुनाव हुँदैछ।

    एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न बिहान ८ देखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ । अपराह्न ४ बजे सकिने मतदानको मतगणना आजै अपराह्न ५ बजे थालिने र नतिजा घोषणा गर्ने कार्यतालिका छ ।



    वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा छन्। महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुने छन्।



    महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ। साधारणसभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

    महासंघको विधानअनुसारअनुसार ६४ पदाधिकारीका लागि निर्वाचन हुने भएपनि कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार