Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघ निर्वाचन

    वरिष्ठ उपाध्यक्षको मतगणना – ११ सय मत गन्दा कसको कति ?

    वरिष्ठ उपाध्यक्षको मतगणना – ११ सय मत गन्दा कसको कति ?

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 630
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फको मतगणना जारी छ ।

    वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।



    वरिष्ठ उपाध्यक्षतर्फ कुल एक हजार ६०० मत खसेको बताइएको छ । अहिलेसम्म एक हजार १०० मत गनिएको छ ।



    त्यसमध्ये रामचन्द्रले ४३२ मतसहित अग्रता बनाएका छन् । अन्जनले ३५५ र उमेशलालले ३०१ मतसहित उनलाई पछ्याइरहेका छन् ।

    जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरूको भने नतिजा सार्वजनिक भइसकेको छ ।

    महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ । यस्तै वस्तुगतको मतभार २० प्रतिशत र जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार