Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघको मतदान सकियो, बेलुका ८ बजेदेखि गणना गरिने

    उद्योग वाणिज्य महासंघको मतदान सकियो, बेलुका ८ बजेदेखि गणना गरिने

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 540
    SHARES

    काठमाडौं । आगामी नयाँ कार्यसमितिको लागि भएको नेपाल उद्योग वाणिज्य महासंघको निवार्चनको मतदान सकिएको छ ।

    निर्वाचन प्रतिनिधिका अनुसार एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चयन गर्न आज भएको मतदानमा सतप्रतिशत मत खसेको छ ।



    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० देखि साँझ ६ बजेसम्म मतदान भएको हो । मतगणना भने राति ८ बजेबाट सुरु हुनेछ ।



    निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र सात प्रदेशबाट सात, उद्योग वाणिज्य संघबाट १८, वस्तुगत संघबाट १४, एसोसिएटबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार