Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपनिर्वाचनमा सेना परिचालन गर्न सिफारिस

    उपनिर्वाचनमा सेना परिचालन गर्न सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 639
    SHARES

    काठमाडौंं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी वैशाख १० मा हुने उपनिर्वाचमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफरिस गर्ने निर्णय गरिएको छ ।

    मंगलबार सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।



    बैठकमा मुलुकको अन्तरिक तथा बाह्य सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो । सो बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले बाह्य र आन्तरिक सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा निकायलाई सर्तक रहन निर्देशन दिए ।



    बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी र रक्षासचिव किरणराज शर्मा सहभागी रहेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार