Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काभ्रेमा सुख्खा पहिरो खस्दा तीनजना पुरिए

    काभ्रेमा सुख्खा पहिरो खस्दा तीनजना पुरिए

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 672
    SHARES

    फाइल फोटो

    काभ्रे । काभ्रेपलाञ्चोकमा सुख्खा पहिरो खस्दा तीनजना पुरिएका छन् । बुधबार दिउँसो जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ८ चिसापानीमा माथिबाट सुख्खा पहिरो खस्दा तीनजना पुरिएका हुन् ।

    बाटोमा जाली लगाउने कामदारहरूले जाली लगाउँदै गर्ने क्रममा माथिबाट सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ ।



    इलाका प्रहरी कार्यालय भगवतीस्थानबाट खटिएको प्रहरी टोलीले कामदारहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल लगेकामा १ जनाको मृत्यु भएको छ ।



    मृत्यु हुनेमा सोलुखुम्बुका कुशल नेपाली रहेका छन् । यस्तै ओखलढङगा मानेभञ्याङका सन्जिता राई र उनको छोरा सविक राई घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार