Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा, को-को परे ?

    एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा, को-को परे ?

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 792
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबारबाट आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ ।

    क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो।



    टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।



    यस पटक अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पीक स्थान बनाएका श्याम(मौसम) ढकालको स्थानमा किशोर महतो आएका छन् ।

    एसियन क्रिकेट काउन्सिल(एसीसी)को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

    नेपाली टोली

    कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल,कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा,सोमपाल कामी, करण केसी,सन्दीप लामिछाने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार