Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भारतीय विदेशमन्त्री जयशंकरले दिए साउदलाई बधाई, भन्छन् – सहकार्य गर्न तयार छु

    भारतीय विदेशमन्त्री जयशंकरले दिए साउदलाई बधाई, भन्छन् – सहकार्य गर्न तयार छु

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 750
    SHARES

    काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा एनपी साउद नियुक्त भएकामा भारतका विदेशमन्त्री एस जयशंकरले बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतका विदेशमन्त्रीले साउदलाई बधाई दिएका हुन् ।

    विदेशमन्त्री एस जयशंकरले बधाई दिँदै द्विपक्षीय हितका विषयमा सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।



    ट्वीटरमा उनले भनेका छन्, ‘परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएका माननीय एनपी साउदलाई बधाई। हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन सँगै काम गर्न तत्पर छु । नयाँ भूमिकाको लागि शुभकामना ।’



    परराष्ट्रमन्त्री नियुक्त भएका साउदले आजै सपथ ग्रहण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार