Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ड्युटीमा खटिएका सशस्त्रका सहायक हवल्दारले आफैंलाई हाने गोली, घटनास्थलमै मृत्यु

    ड्युटीमा खटिएका सशस्त्रका सहायक हवल्दारले आफैंलाई हाने गोली, घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    दाङ । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंमाथि गोली प्रहार गरेका छन् ।

    दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय बसन्त केसीले आफैंलाई गोली हान्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।



    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनले आइतबार बेलुका ८ बजेर ३५ मिनेटको समयमा आफैंलाई गोली हानेका थिए ।



    कारागार सुरक्षा गुल्म तुलसीपुरमा केही दिनअघि मात्रै आएका केसीले ड्युटीकै क्रममा आफूलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    केसी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार