Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • गृहमन्त्री श्रेष्ठ भन्छन् – सुरक्षा निकायलाई राजनीतिक दबावबाट मुक्त राख्छु

    गृहमन्त्री श्रेष्ठ भन्छन् – सुरक्षा निकायलाई राजनीतिक दबावबाट मुक्त राख्छु

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 696
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्ने बताएका छन् ।

    मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्‍यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्‍यो भने मनोबल उठ्दैन । त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ । अब सुरक्षा निकायलाई अवान्छित चलखेलबाट मुक्त राखिन्छ ।’



    मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताए । सुरक्षा निकाय हाम्रो गौरव हुनुपर्ने भन्दै उनले सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने बताए ।

    गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गर्ने सरकारको पहिलो सर्त रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार