Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुपन्देहीमा गोली चल्यो, युवा घाइते

    रुपन्देहीमा गोली चल्यो, युवा घाइते

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 678
    SHARES

    फाइल तस्विर

    रुपन्देही । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन् ।

    घाइते हुनेमा सियारी गाउँपालिका-३ का २० वर्षीय वीरेन्द्र केवट रहेका छन् । उनीमाथि बुधबार साँझ अज्ञात समूहले गोली हानेको हो ।



    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार एकै उमेर समूहका देखिने व्यक्तिहरुले घेरा हालेर मोबाइल लुट्ने प्रयास गरेका थिए । त्यसक्रममा केवटले मोबाइल जोगाउन खोज्दा गोली हानिएको रुपन्देही प्रहरीले जनाएको छ ।



    केवटको खुट्टामा गोली लागेको छ भने उनको अवस्था सामान्य रहेको बताइएको छ । उनलाई भीम अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनामा संलग्नलाई प्रहरीले खोजी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार