Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सिरहामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा हवाई फायर, पाँच प्रहरीसहित दर्जनौं घाइते

    सिरहामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा हवाई फायर, पाँच प्रहरीसहित दर्जनौं घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 837
    SHARES

    सिरहा । सिरहाको मिर्चैयामा नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

    नगरपालिकाले घर भत्काएको विरुद्ध प्रदर्शन गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली चल्दा ५ प्रहरी र दर्जनौं स्थानीयबासी घाइते भएका छन् ।



    स्थानीयवासीले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए ।



    त्यसक्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाई फायर गरेका हुन् ।

    प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

    पहिलेदेखि बस्दै आएका स्थानीयको घर तोडफोड गरेको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएको लगायत आरोप लगाउँदै मिर्चैया बजारका स्थानीयवासीले केही दिनदेखि निरन्तर प्रदर्शन गर्दै आईरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार