Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुई करोड ३३ लाख बढीको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

    दुई करोड ३३ लाख बढीको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 906
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले १ किलो ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित अलिगढ २०२००१ ठेगाना भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा एन्डिरितु छन् ।



    एनसीबीले उनीहरूलाई ठमेलको विभिन्न होटलबाट पक्राउ गरेको हो। आरोपीहरूको साथबाट १ केजी ८० ग्राम लागु औषध कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।



    उक्त लागूऔषध केन्याकी पिलिसिलाले इथिओपियाबाट काठमाडौंसम्म ल्याइदिएको एनसीबीको अनुसन्धानबाट खुलेको छ । भारतीय नागरिक रवीन्द्रलाई मंगलबार कोकिनसहित ठमेलको एक होटलबाट पक्राउ गरिएको थियो। लागूऔषधको कारोबार हुन लागेको सूचनाका आधारमा एनसीबीबाट खटिएको टोली मंगलबार बिहान ९ बजे ठमेलस्थित रवीन्द्र बसेको होटलमा पुगेको थियो।

    खानतलासीको क्रममा लेडिज ब्यागमा फल्स बटम बनाइ लुकाएर राखिएको अवस्थामा १ किलो ८० ग्राम कोकिन बरामद भएको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले बताए ।

    रवीन्द्रलाई नियन्त्रणमा लिइ सोधपुछपश्चात उक्त कोकिन नेपालसम्म ल्याउने केन्याली नागरिकलाई पक्राउ गर्न सफल भएको एनसीबीले जनाएको छ । एनसीबीले उनलाई ठमेलकै अर्को होटलबाट पक्राउ गरेको हो।

    ६३ वर्षीय पिलिसिलाले इथियोपियाबाट काठमाडौं ल्याइ भारतीय नागरिक रवीन्द्रलाई दिएकी थिइन्। उनको साथबाट एक हजार अमेरिकी डलरसमेत बरामद गरेको ब्यूरोका सूचना अधिकारी एसपी जोशीले बताए ।

    एनसीबीका अनुसार बरामद लागूऔषधको बजार मूल्य अन्दाजी दुई करोड ३३ लाख भन्दा बढी रहेको छ । एनसीबीले केन्याली नागरिकको कनेक्सन कसरी भारतीयसँग भयो र नेपालमा कसरी कारबारी भयो भन्नेबारे अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार