Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सर्वोच्चको आदेशलगत्तै बालेनको टिप्पणी – आफ्नै देशको जनताले बनाएको पालिका काठमाडौं

    सर्वोच्चको आदेशलगत्तै बालेनको टिप्पणी – आफ्नै देशको जनताले बनाएको पालिका काठमाडौं

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिका आफ्नै देशको जनताले बनाएको पालिका भएको टिप्पणी गरेका छन् ।

    सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन महानगरलाई आदेश दिएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले लेखेका छन्,’१० महिना देखी शुभ समाचार दिदै आएको महानगरपालिका। काठमाडौं महानगरपालिका। सत्य, तथ्य, ईमान्दार पालिका। देशको पालिका, आफ्नै देशको जनताले बनाएको पालिका।’



    शुक्रबार मात्रै सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरलाई आदेश दिएको थियो । शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर तीन दिनभित्र तत्काल उठाउन भनेको हो ।

    संघीय सरकारले आफूलाई सहयोग नगरेको भन्दै मेयर बालेन शाहले सिंदरबाभित्रबाट फोहोर नउठाउन निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार