Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तनहुँ-१ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता

    तनहुँ-१ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 747
    SHARES

    तनहुँ । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।

    निर्वाचन आयोगका अनुसार करिब ७ हजार ५ सय मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् ।



    वाग्लेले ४३०३ मत ल्याउँदा भट्टराईले १९३३ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ११९८ मत प्राप्त गरेका छन् ।



    अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिएको छ ।

    तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

    निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् । २ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार