Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै, पछ्याउँदै शिवचन्द्र कुशवाहा

    बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै, पछ्याउँदै शिवचन्द्र कुशवाहा

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 615
    SHARES

    बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्।

    मंगलबार दिउँसो २ः१५ को अध्यावधिक विवरणअनुसार ३५३१२ मत गणना सम्पन्न हुँदा जसपाका उम्मेदवार उपेन्द्र यादवले १५१८३ मत पाएका छन् ।



    उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने १० हजार ३७० मत प्राप्त गरेका छन्। यादव कुशवाहाभन्दा ४ हजार ८१३ मतले अगाडि छन्।



    तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्। उनले ५ हजार २७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने २ हजार ९५ मत प्राप्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार