Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपसभापति गुरुङको प्रश्न– हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?

    उपसभापति गुरुङको प्रश्न– हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 615
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले बाँदरले किसानहरुको बाली नोक्सान गराएकोप्रति संसद्को ध्यानाकार्षण गराएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा पनि राहत मिल्ने भन्दै बाँदर निर्यातको प्रस्तावसमेत राखे ।



    श्रीलंकाले हालसालै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले नेपालबाट पनि निर्यात गर्न सुझाव दिए ।



    उनले भने ‘बाँदर हामीले पनि निर्यात गरे कसो होला ? अहिलेको अर्थिक अवस्थालाई हेरेर हामीले बाँदर निर्यात गर्न ठीकै हुन्छ होला जस्तो मलाई लागेको छ ।’

    अहिले देश निकै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको भन्दै अर्थतन्त्रमा देखिएको संकटबाट मुलुकलाई जोगाउने उपाय खोज्नुपर्ने बताए । जसको लागि कोही सत्तापक्ष र प्रतिपक्ष हुन नहुने गुरुङको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार