Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफुविरुद्ध ढुंगामुढा प्रयासपछि ओलीले भने- घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ

    आफुविरुद्ध ढुंगामुढा प्रयासपछि ओलीले भने- घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 807
    SHARES

    झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार झापामा पहिचानवादीहरूले गरेको विरोधले एमालेलाई केही फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।

    ओलीले यस्ता चौतर्फी घेराबन्दी तथा विरोधलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताए ।



    बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव जितेर प्रदेश सभामा पुगेर प्रदेशको नाम संशोधन गर्न समेत चुनौती दिए।



    अध्यक्ष ओलीले भने, ‘यस्तो विरोधले केही हुनेवाला छैन । चुनाव जितेर बहुमत पुर्याएर नाम परिवर्तन गरे भइगो नि ।’

    एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न सबै कार्यकर्तालाई आग्रह समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार