Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सिन्धुलीमा कार दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

    सिन्धुलीमा कार दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 504
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

    काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा काभ्रे पनौती ७ का ४२ वर्षीय शिवशरण भुक्षिमय र सिन्धुलीको मरिण गाउँपालिका ३ ठेगाना भई हाल काठमाडौं गौरीघाटकी ३८ वर्षीय सहारा पर्साईंको मृत्यु भएको हो ।



    बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ को पिपलभन्ज्याङ घुम्तीमा आइतबार बिहान भएको कार दुर्घटनामा परेको सिन्धुली प्रहरीले जनाएको छ ।



    कारमा तीनजना सवार थिए । दुर्घटना परी घाइते प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । अर्को सवारीलाई साइड दिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार