Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रहरीका इन्स्पेक्टरले हवल्दार कुटे

    प्रहरीका इन्स्पेक्टरले हवल्दार कुटे

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एक इन्स्पेक्टर (प्रहरी निरीक्षक) ले हवल्दारमाथि कुटपिट गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि हातपात गरेका हुन्।



    प्रशासन स्रोतका अनुसार शनिबार मादक पदार्थ सेवन गरेका ३७ वर्षीय आरसीलाई सोही विषयमा सम्झाउँदा दुई जनाबीच विवाद चर्किएर हात हालाहालको अवस्था बनेको थियो।



    आँखामा गम्भीर चोट लागेका उनलाई डोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी गरिएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको र दोषीलाई विभागीय कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार