Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पक्राउ पुर्जी जारी भएका एमाले सचिव रायमाझी सभामुखसंगै सार्वजनिक कार्यक्रममा

    पक्राउ पुर्जी जारी भएका एमाले सचिव रायमाझी सभामुखसंगै सार्वजनिक कार्यक्रममा

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

    बुधबार काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गर्दा उनी अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी थिए ।



    सभामुखसंगै रहेका उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका हुन् ।



    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि बुधबार काठमाडौं जिल्ला अदालतले टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    रायमाझी यो कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भइसकेको थियो ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजालले आफु रायमाझीसंगै रहेको भएपनि आधिकारीक जानकारी नआएको प्रतिकृया दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार