Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण

    सन्दीपलाई आज अदालत पेस गरिँदै

    सन्दीपलाई आज अदालत पेस गरिँदै

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 708
    SHARES

    काठमाडौं । पूर्व उर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ ।

    बुधबार साँझ बुटवलबाट पक्राउ परेका अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य रायमाझीपुत्र सन्दीपलाई आज काठमाडौं ल्याएर अदालतमा पेस गरिने भएको हो ।



    प्रहरीका अनुसार सन्दीपलाई काठमाडौं ल्याउन भैरहवा विमानस्थल पुर्‍याइएको छ। तर मौसम प्रतिकूल भएका कारण उडान हुन सकेको छैन ।



    नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।

    यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार