Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन, खोज्दै प्रहरी

    सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन, खोज्दै प्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । अर्घाखाँचीबाट काठमाडौं जान्छु भनी हिँडेका उनी सम्पर्कविहीन भएका हुन् ।

    नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । बुधबार भैरहवा विमानस्थलबाट सभामुख देवराज घिमिरेसँगै टोपबहादुर काठमाडौं आउन लागेका थिए ।



    पक्राउ पुर्जी जारी भइसकेका उनलाई प्रहरीले काठमाडौंमा उत्रिनेबित्तिकै समात्ने तयारीमा रहेको थियो । उक्त सूचना पाएका उनी त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ । उनको मोबाइल फोन पनि अफ रहेको छ ।



    बुधबार उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउँदै कानुनलाई सहयोग गर्ने बताएका थिए । यस्तै रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । उनलाई आज अदालतमा पेस गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार