Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आफ्नै दिदी हत्या आरोपमा दोलखामा युवक पक्राउ

    आफ्नै दिदी हत्या आरोपमा दोलखामा युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 672
    SHARES

    फाइल तस्विर

    दोलखा । दोलखामा आफ्नै दिदी हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मेलुङ गाउँपालिका-१ पोवटीका २३ वर्षका रामभरत भुजेल रहेका छन् ।



    भुजेलले आफ्नै दिदी कल्पनाको हत्या गरेका थिए । ३२ वर्षकी कल्पना भुजेल श्रेष्ठ एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् ।



    भाइ रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा कल्पनाको मृत्यु भएको हो ।

    शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार