Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, सोमबार बस्ने

    प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, सोमबार बस्ने

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 621
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

    उनले सोमबार लागि सिंहदरबारमा परिषद्को बैठक बोलाएका हुन् । यसबारे शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएको थियो ।



    सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने बताइएको छ । यसअघि वैशाखको पहिलो साता बसेको संवैधानिक परिषद्‍को बैठकमा उक्त विषयलाई एजेन्डा बनाइए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको थिएन् ।



    चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ। हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

    प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार