Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • संवैधानिक निकायका सदस्य नियुक्ति प्रक्रिया अघि बढाइने, १५ दिने सूचना निकाल्ने निर्णय

    संवैधानिक निकायका सदस्य नियुक्ति प्रक्रिया अघि बढाइने, १५ दिने सूचना निकाल्ने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 633
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षकसहित ४ वटा संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

    महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तिय आयोगका सदस्य र मुस्लिम आयोगका सदस्य नियुक्तिका लागि १५ दिनको समय दिएर सूचना निकाल्ने परिषद्ले निर्णय गरेको हो ।



    यी निकायहरूमध्ये कम्तिमा एकजना महिना नियुक्त गर्ने सहमति पनि संवैधानिक परिषद्को बैठकमा भएको बताइएको छ ।



    यस्तै बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार