Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बिना निष्कर्ष सकियो संवैधानिक परिषद् बैठक, लागेन प्रधानन्यायाधीशको टुंगो

    बिना निष्कर्ष सकियो संवैधानिक परिषद् बैठक, लागेन प्रधानन्यायाधीशको टुंगो

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 678
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।

    अर्को बैठक साउन १८ गते बिहीबार बस्नेछ। आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुनेछ ।



    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की र उपसभामुख इन्दिरा राना सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार